Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

नेपाल एसबिआई बैंकले लिलामीमा राक्यो ४ कम्पनी, २ अर्ब असुल गर्ने 


नया सडक

२०८०, भदौ १९ मंगलबार (From Archieve)

  • 32.7k
    Shares

  • नेपाल एसबिआई बैंकले  लिलामीमा  राक्यो ४ कम्पनी, २ अर्ब असुल गर्ने 

    काठमाडौं । नेपाल एसबिआई बैंकले शिव शिखर सहकारीको अर्बौं रकम ठगी गर्ने केदारनाथ शर्मा न्यौपाने र गिता शर्माको सम्पत्ति लिलामीमा राखेको छ। बैंकले केदारनाथ शर्मा र गिता शर्माले सञ्चालन गरेका शिखर अर्गनाइजेशन लिमिटेड, शिखर स्पाइस एण्ड फुड फ्रुट इण्डष्ट्रिज प्रा.लि, शिव शिखर खाद्य उद्योग प्रा.लि र नटराज फुड ईण्डष्ट्रिज प्रा.लिका सम्पत्ति लिलामीमा राखेको हो।

    यी कम्पनीको नामबाट एसबिआई बैंकबाट करिब २ अर्ब रुपैयाँ बराबरको कर्जा लिएको बुझिएको छ। बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो।

    शिखर अर्गनाइजेशन लिमिटेडको नामबाट ऋण लिँदा विभिन्न ठाउँको सम्पत्ति धितो राखिएको देखिन्छ । उक्त ऋण लिँदा केदार नाथ शर्मा, गिता शर्मा र पपुस्कर मल्ल जमानकर्ता थिए । कर्जा लिएर चुक्ता नगरेपछि शिखर अर्गनाइजेशनको नाममा रहेका सम्पत्ति बिक्रीमा राखेको बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस