Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

नेपाल बैंकले घर बनाउन १०० प्रतिशत कर्जा दिने, व्याजदर पनि सस्तो


नया सडक

२०८०, असोज ३ बुधबार (From Archieve)

  • 89.7k
    Shares

  • नेपाल बैंकले घर बनाउन १०० प्रतिशत कर्जा दिने, व्याजदर पनि सस्तो

    काठमाडौं । नेपाल बैंकले घर बनाउन लाग्ने लागतको १०० प्रतिशत कर्जा दिने भएको छ । बैंकले निर्माण लागतको १०० प्रतिशत कर्जा दिने योजना अगाडी सारेको हो । 

    बैंकले ल्याएको यस्तो योजनाको कर्जाको व्याजदर पनि बैंकले तुलनात्मक रूपमा सस्तो नै राखेको छ । बेस रेटमा १ दशमलव ९९ प्रतिशत प्रिमियम थपेर व्याज निर्धारण गर्ने छ । हाल बैंकको बसे रेट ९ दशमलव ५५ प्रतिशत रहेको छ । यस आधारमा बैंकले घर कर्जामा ११ दशमलव ५४ प्रतिशत व्याज लिनेछ ।

    नेपालीहरूले घर कर्जाको व्याज १० प्रतिशतभन्दा माथि हुनुलाई उच्च व्याजदर मान्दछन् । तर अहिले बैंकहरूले निक्षेपकर्तालाई नै ११ प्रतिशतसम्म व्याज दिईरहेको बेलामा घर कर्जाको व्याज ११ दशलवम ५४ प्रतिशत हुनु महँगो होइन ।

    नेपाल राष्ट्र बैंकले घर बनाउन धितोको ७० प्रतिशत कर्जा दिन पाउने सुविधा बैंकहरूलाई दिए पछि नेपाल बैंकले यस्तो योजना अघि सारेको छ । नेपाल बैंकले घर वा जग्गा खरिद गर्नको लागि पनि सोही व्याजदरमा कर्जा दिने जनाएको छ । यस्तो सुविधा राजधानी र सहरी क्षेत्रमा मात्र हुने बैंकले सर्त राखेको छ ।

    नेपाल राष्ट्र बैंकले ३ हजार वर्गफिटसम्मको घर वा अपार्टमेन्ट किन्न वा बनाउनको लागि २ करोड रुपैयाँसम्म घर कर्जा दिन पाउने र यस्तो कर्जा धितोको ७० प्रतिशतसम्म दिन पाउने व्यवस्था गरेको छ । 

    प्रतिक्रिया दिनुहोस