Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

आर्थिक मन्दीको असर : काठमाडौँमा घर र सटर खाली गराउन निवेदनको चाङ


नया सडक

२०८०, असोज ६ शनिबार (From Archieve)

  • 30.2k
    Shares

  • आर्थिक मन्दीको असर : काठमाडौँमा घर र सटर खाली गराउन निवेदनको चाङ

    काठमाडौँ । आर्थिक मन्दीका कारण काठमाडौँ महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ महानगरमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले खाली गराउन निवेदन दिएका छन् ।

     कतिपय व्यवसायी सम्पर्कमा  भए  पनि  भाडा  उठाउने  विषयमा  असहमति हुँदा पनि घर वा सटर खाली गराउन निवेदन पर्ने गरेको पाइएको छ । काठमाडौँ  महानगरपालिकाका  निर्देशक  सुमित्रा लामिछानेले गत आर्थिक वर्ष २०७९/८० मा ६६ जना घरधनीले घर खाली गराउन निवेदन दिएको बताए । तीमध्ये ५० वटाको महानगर न्यायिक समितिबाट फैसला भइसकेको छ भने १६ वटा मुद्दाको किनारा लाग्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा २८ जना घरधनीले निवेदन दिएका छन् । जसमा घर खाली, निर्माण रोक्का, अंश, छलफल गराई पाऊँ, रकम फिर्ता, करार कार्यान्वयनलगायत मुद्दा छन् । उनले कोरोनाअघि काठमाडौँ महानरमा घर खाली वा सटर खाली गराउन १०/१५ वटा मुद्दा पर्ने गरेकोमा पछिल्लो समय बढ्दै गएको बताए । षे समाचार आजको गोरखापत्र दैनिकमा  छ ।

     

    प्रतिक्रिया दिनुहोस