Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

कच्चा पाम आयलको मलेसियाबाट हुने आयातमा वृद्धि इन्डोसियाबाट हुनेमा ह्रास


नया सडक

२०८०, मंसिर ६ बुधबार (From Archieve)

  • 417
    Shares

  • कच्चा पाम आयलको मलेसियाबाट हुने आयातमा वृद्धि इन्डोसियाबाट हुनेमा ह्रास


    काठमाडौं । कच्चा पाम आयलको आयातमा सर्वाधिक आयात इन्डोनेसियाबाट हुँदै आएकोमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मलेसियाबाट हुने आयातमा वृद्धि भएको छ ।

    यो आवमा मलेसियाबाट कच्चा पाम आयलको आयात १ करोड४९ लाख ८७ हजार ६सय १५ लिटर भएको छ । २०८०÷८१को पहिलो तीन महिनामा इन्डेसियाबाट कच्चा तेलको आयात १ करोड ३३ लाख ७३ हजार ९सय ३० लिटर भएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख छ ।

    सोही आँकडा अनुसार इन्डेनेसियाबाट आयात भएको कच्चा तेलको आयत मूल्य रु १ अर्ब ५७ करोड ६८ लाख ३७ हजार तोकिएको छ भने मलेसियाबाट आयात भएको परिमाणको आयात मूल्य १ अर्ब ९० करोड ३५ लाख ५८ हजार तोकिएको छ ।
    यी दुई देश इन्डोनेसिया र मलेसियाबाट आयात भएका कच्चा पाम आयालबाट आयत राजस्व क्रमशः २८ करोड६४ लाख ४ हजार र ११ करोड ३४ लाख ५५ हजार रहेको विभागको प्रतिवेदनमा उल्लेख छ ।

    चालु आवको पहिलो तीन महिनामा फिलिपिन्सबाट २७६१६२ लिटर र उसको आयात मूल्य ३करोड २४ लाख ३३ हजार तथा आयात राजस्व ७८ लाख ८२ हजार भएको छ ।

    विभागको  विगत आव २०७८÷७९को प्रतिवेदनमा कच्चा पाम आयलको आयात बारे उल्लेख गरे अनुसार इन्डोनेसियाबाट  ८ करोड ५५ लाख ३० जार७ सय ४० लिटर, मलेसियाबाट १करोड ३६लाख २५ जार ६०३ लिटर र फिलिपिन्सबाट ५ लाख ५६ हजार ३ सय ८१ लिटर आयात भएको थियो । तदनुसार तिनको आयतमूल्य क्रमशः ११ अर्ब१२ करोड९१ लख ४३ हजार,१ अर्ब ८३ करोड८६ लाख ७४ हजार र ७ करोड ७५ लाख ६९ हजार तथा आयात राजस्व ५४ करोड ६५ लाख ४० हजार, १७ करोड ४० लाख ८४ हजार र १करोड ८८ लाख ४९हजार रहेको छ ।

    यसैगरी गत आव २०७९÷८०को  प्रतिवेदन अनुसार इन्डोनेसियाबाट  ५ करोड ६५ लाख ४० हजार४ सय ३२ लिटर, मलेसियाबाट १४लाख ११हजार ९सय ८१ लिटर, फिलिपिन्सबाट २ लाख २४ हजार ६ सय ७९ लिटर र थाइल्यान्डबाट २लाख ७२ हजार ६ सय २८ लिटर आयात भएको थियो । तदनुसार तिनको आयतमूल्य क्रमशः ९ अर्ब ५५ करोड ७२ लख ८७ हजार, ३० करोड १७ लाख ९८ हजार , ५ करोड ८ लाख ४० हजार र ६करोड २लाख ८९ हजार तथा आयात राजस्व ६१ करोड ८२ लाख ८४ हजार, ६ करोड १२ लाख ९४ हजार,  १ करोड २३ लाख ५४हजार र १ करोड ४६ लाख ५० हजार रहेको छ ।

    यस्तै चालु आव २०८०÷८१को पहिलो तीन महिनामा इन्डोनेसियाबाट  १ करोड ३३ लाख ७३ हजार९ सय ३० लिटर, मलेसियाबाट १ करोड ४९ लाख ८७ हजार ६सय १५ लिटर र फिलिपिन्सबाट २ लाख ७६ हजार १ सय ६२ लिटर आयात भयो । तदनुसार तिनको आयतमूल्य क्रमशः १ अर्ब ५७ करोड ६८ लाख ३७ हजार, १ अर्ब ९० करोड ३५ लाख ५८ हजार र ३ करोड २४ लाख ३३ हजार तथा आयात राजस्व २८ करोड ६४ लाख ४ हजार, ११ करोड ३४ लाख ५५ हजार र ७८ लाख ८२ हजार रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस