काठमाडौँ ।उच्च अदालतले आज फैसाला सुनाउँदै रायमाझी र खाँणलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । सन्देश शर्मालाई १० लाख धरौटीमा छोड्ने आदेश दिएको छ ।न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले आज भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई भने १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।पूर्वगृह मन्त्री बालकृष्ण खाँडलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा न्यायाधीशबीच मत बाझिएको अदालत स्रोतले बताएको छ ।