Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर बाहिरियो


नया सडक

२०८०, मंसिर १५ शुक्रबार (From Archieve)

  • 1.4k
    Shares

  • आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर बाहिरियो

    काठमाडौं । एनसेलबाट बाहिरिन लागेको आजियाटाको ८० प्रतिशत सेयर सतिशलाल आचार्यले खरिद गरेका छन् । एनसेलबाट आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियाटा र आचार्यबीच सेयर खरिदबिक्रीको सहमति भएकाे हाे ।

    आजियाटाले आचार्यकाे स्पेकट्रलाइट युके लिमिटेडलाई ८० प्रतिशत सेयर बिक्री गरेको हो । आजियाटाले एक विज्ञप्ति जारी गर्दै सेयर बिक्री गरेको र नेपालबाट बाहिरिएको बताएको हो ।उक्त डिल ५० मिलियम डलरमा भएको द स्टारले जनाएको छ । गत वर्षको नाफाबाट एनसेलले वितरण गर्ने लाभांश आजियाटाले पनि प्राप्त गर्नेछ ।

    आचार्य स्पेकट्रलाइट युकेकाे सञ्चालक हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको सहमतिबिना सेयर खरिद बिक्री नहुने भएपनि यी दुई कम्पनीबीच सेयर खरिद बिक्रीको सहमति भएको हो ।

    सतिश र उनका भाइ सचिनलाल आचार्यले एनसेलको ८० प्रतिशत सेयर खरिद गर्ने प्रतिवद्धता आजियाटासँग गरिसकेका छन्। आचार्य गैर आवासीय नेपाली हुन् । उनी सिंगापुरमा बस्छन् । यो कम्पनीको सेयर खरिद गर्नमा उनको श्रीमती भावना सिंहको पनि ठूलो हात रहेको बुझिएको छ ।

    download (8).png
    undefined

    प्रतिक्रिया दिनुहोस