Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

दुबईमा महासचिव गुटेरेसले सम्झे नेपाल


नया सडक

२०८०, मंसिर १६ शनिबार (From Archieve)

  • 720
    Shares

  • दुबईमा महासचिव गुटेरेसले सम्झे नेपाल

    दुबई । दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२८)को उच्चस्तरीय राजनीतिक भेलामा राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले नेपालको नाम उल्लेख गरेपछि सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालले खुसी व्यक्त गरेका छन् ।

     सम्मेलनअन्तर्गत शुक्रबार सुरु भएको दुईदिने वर्ल्ड क्लाइमेट एक्सन समिटको उद्घाटन सत्रमा महासचिव गुटेरेसले भने, 'केही दिनअघि मात्र म अन्टार्टिकाको पग्लिरहेको हिउँमाथि थिएँ । धेरै अघि होइन, मैले नेपालका पग्लिरहेका हिमनदीलाई पनि साक्षात्कार गरेको थिएँ । यी दुई स्थान भूगोलका हिसाबले टाढा छन् तर समान संकटमा छन् ।'

    यो समाचार आजको नागरिक दैनिकमा छ ।

    प्रतिक्रिया दिनुहोस