Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

सुनिल अग्रवालले सञ्चालन गरेको महाबौद्धस्थित श्री एसोसरिजद्वारा करोडौँ राजस्व छली


नया सडक

२०८०, मंसिर २९ शुक्रबार (From Archieve)

  • 29.0k
    Shares

  • सुनिल अग्रवालले सञ्चालन गरेको महाबौद्धस्थित श्री एसोसरिजद्वारा करोडौँ राजस्व छली

    काठमाडौं । देशकै ठुलो इलेक्ट्रोनिक्स मार्केट भनेर चिनिने काठमाडौंको माहाबौद्धमा रहेको श्री एसोसरिजले ठुलो मात्रामा  राजस्व छलीगरिरहेको छ ।
    मोबाइलमा लाग्ने पार्टपुर्जाहरूको कारोबारमा श्री एसोसरिजले ठुलो मात्रामा राजस्व छलीगरिरहेको हो ।

    मोबाइलमा लाग्ने विभिन्न किसिमका सयौँ पार्टपुर्जाहरूको कारोबारमा श्री एसोसरिजले महँगो मूल्यमा सामान बिक्री गर्ने तर बिल दिँदा  न्यून मूल्यको दिने गरेको उमेश श्रेष्ठ नाम गरेका एक व्यवसायीले बताएका छन् ।

     श्री एसोसरिजका सञ्चालक सुनिल अग्रवालले महाबौद्धमा सिंगै बिल्डिंग लिएर अन्य कारोबार पनि गरिरहेका छन् । सुनिलले कारोबारबाट भएको नाफामा आयकर समेत छल्दै आएका छन् ।

    केही समय अगाडि राजस्व अनुसन्धान विभागले सुनिल अग्रवालले सञ्चालन गरेको श्री एसोसरिजमा छापा मारेको थियो । त्यस समय राजस्व अनुसन्धानले श्री एसोसरिजलाई केही समय लाखौँ रुपैयाँ तिराएको थियो ।

    आफूलाई निक्कै पावारफुल सम्झिने सुनिल अग्रवाल र उनका निकटकाहरूले राजस्वका उच्च अधिकारीहरू आफ्नो मुट्ठीमा रहेकाले आफूहरूलाई कसैले केही गर्न नसक्ने बजारमा बताउँने गरेका छन् । 

    छोटो समयमा अकूत सम्पत्ति कमाएका सुनिल र उनका परिवारको आर्थिक हैसियत एकाएक बढेको सुनिल निकट स्रोतले बताएको छ । राजस्व अनुसन्धान विभागले त्यस बखत सुनिललाई जरिवाना गराएपनि सम्पत्ति शुद्धीकरणमा पठाएन् । राजस्व अनुसन्धानले सुनिल र उनको परिवारलाई सम्पित्ति शुद्धीकरणमा किन पठाएन आश्चर्यको विषय बनेको छ ।

    सुनिलले पछिल्लो समय  आईफोन , सामसुङ , रेडमीलगायत दर्जनौ ब्रान्डका मोबाइलका एलसीडी तथा पार्टपुर्जाहरू थोकमा कारोबार गर्ने गरेका छन् । सु्निलले आफ्नो फर्मबाट सामान नमगाइ विभिन्न क्यारिङ मार्फत् र आफू तथा आफू निकटका अन्य व्यक्तिहरूले सञ्चालन गरेका मार्फत् सामान मगाउने गरेका छन् ।

    देखवटीरूपमा श्री एसोसरिजले चार करोड भन्दा बढीको कारोबार गरेको देखिन्छ । तर सुनिलले अन्य फर्मबाट त्यो भन्दा बढीको  कारोबार गर्ने गरेको बताइएको छ ।
      
    श्री एसोसरिजका सञ्चालक सुनिल अग्रवालले आफू स्वयमले आयात नगर्ने विभिन्न क्यारिंग मार्फत अरुकै फर्मबाट मोबाइल एसोसरिज लिने गरेको बताएका छन् ।

    नयाँ सडकसँगको कुराकानीमा अग्रवालले आफूले एसोसरिज बिक्री गर्दा भ्याटबिल काटेरै बिक्री गर्ने गरेको बताए पनि  उनले एसोसरिजको कारोबार गर्दा ठुलो मात्रामा राजस्व छली गर्ने गरेको व्यापारीहरू नै बताउँछन् ।

    यससम्बन्धमा राजस्व अनुसन्धान विभागले  कर छल्ने जोकोही भएपनि न छाड्ने प्रतिक्रिया दिएको छ । यद्यपि राजस्व अनुसन्धानले केही समय अघि कारबाही गर्दा सुनिलको प्रभावमा परेर  कमजोर कारबाही गरेको स्रोतले बताएको छ ।

    नेपालका अधिकांश बजारमा बिक्री वितरण हुने मोबाइलका पार्टपुर्जा र टेम्पर ग्लास अधिकांश चोरी  तस्करीबाट आउने गरेको व्यापारीहरू नै बताउने गर्छन् ।

    गत हप्ता  राजस्व अनुसन्धान कार्यालय बुटवलले भारतबाट चोरी तस्करी गरी ल्याइएका लाखौँ मूल्य बराबरका विभिन्न मोबाइलमा लाग्ने टेम्पर ग्लास बरामद गरेको थियो ।

    भारतीय नागरिक मनोजले चोरी तस्करी गरी ल्याएका लाखौँ मूल्यका टेम्पर ग्लास सीमावर्ती बजार र काठमाडौँमा समेत वितरण गर्ने योजना थियो ।


    मोबाइल पार्टपुर्जाको अवैध ओसारपसारमा संलग्न भारतीय नागरिक मनोजलगायतका तस्करहरूसँग पनि श्री एसोसरिजका सञ्चालक सुनिल अग्रवालको सम्बन्ध रहेको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस