Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

सपना साडी सेन्टर र त्यसका सञ्चालक विरुद्ध राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा ६ करोड ६३ लाख बढीको मागदाबीसहित मुद्दा दायर


नया सडक

२०८०, पुस ३ मंगलबार (From Archieve)

  • 24.0k
    Shares

  • सपना साडी सेन्टर र त्यसका  सञ्चालक विरुद्ध राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा ६ करोड ६३ लाख बढीको मागदाबीसहित मुद्दा दायर

    भैरहवा । राजस्व अनुसन्धान कार्यालय, बुटवलले  सपना साडी र त्यसका सञ्चालक राजेन्द्र प्रसाद ध्वजु विरुद्ध  राजस्व छली तथा चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

    राजस्व कार्यलय बुटवलले बुटवल उमनपा–५, अमरपथमा रहेको सपना साडी सेन्टर(स्था.ले.नं. ३००२०३४८०) का प्रोपराइटर राजेन्द्र प्रसाद ध्वजू विरुद्ध रु. ३ करोड ३१ लाख ७४ हजार ५सय २४ बिगो तथा त्यसको शतप्रतिशत जरिवाना माग गरी यही पुस २ गते उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो  ।

    राजस्व अनुसन्धान कार्यालय, बुटवलमा प्राप्त विशेष सूचनाका आधारमा २०७९ फागुन २ गते बुटवलको अमरपथमा रहेको सपना साडी सेन्टरको पसल तथा गोदाममा छापा हानेको थियो । छापा हानेर सो साडी सेन्टरको कपडा मालवस्तुको मौज्दात विवरण, खरीद÷विक्री खाता, स्टक बुक, बिलका अर्धकट्टी नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । 

    कार्यालयका अनुसार पसल तथा गोदाममा केही मालवस्तु अधिक मात्रामा देखिएको थियो । जसको खरिद स्रोत देखाउन पसल सञ्चालकले  सकेनन् । साथै त्यतिबेला  केही मालवस्तु खरिद  भन्दा विक्री बढी गरेको देखिएको थियो । 
    अधिक रहेको मालबस्तुको भन्सार तर्फको बिगो रु. ३ करोड ४लाख ४३हजार ९सय४३, मूल्य अभिवृद्धी कर(भ्याट) तर्फ रु. १लाख ५४हजार ५सय ३६ र न्यून मौज्दात तर्फ रु. २५लाख ७६हजार ४५ गरी कूल ३ करोड ३१लाख ७४ हजार ५सय २४ बिगोसहितको माग दाबी  गरी मुद्दा दर्ता गरिएको छ ।

     राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२(प्रथम संशोधन) दफा २३(१) बमोजिम बिगो असूल उपर गरी शतप्रतिशत जरिवाना माग दाबी गरियो ।  साडी सेन्टरका सञ्चालक राजेन्द्र प्रसाद ध्वजु भने कार्यालयले छापा हानेदेखि नै फरार रहेका छन् ।कार्यालयले पटक पटक मौखिक तथा लिखितरुपमा कार्यालयमा आउन जानकारी दिंदा समेत नआएको जनाएको  छ । 

    प्रतिक्रिया दिनुहोस