Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

भारत भूमि भएर बाहेक सन् २०२३ बाहिरिएका नेपालीहरू मध्ये साढे तीन लाख जति विदेशमै 

भारत भूमि भएर बाहेक सन् २०२३ बाहिरिएका नेपालीहरू मध्ये साढे तीन लाख जति विदेशमै 

  • काठमाडौँ । सन् २०२३ मा नेपालबाट बाहिरिनेहरू मध्ये साढे तीन लाख जति विदेशमै बसेको देखिएको छ ।राज्यव्यस्था समितिमा गृहमन्त्रालयले दिएको जानकारीका आधारमा  ३ लाख ४० हजार ३ सय ६९ जना नेपाली विदेशमै बसेको देखिएको हो ।गृहमन्त्रालयले आइतबार प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफलका लागि पेस गरेको बुँदामा प्रस्तुत तथ्यांक अनुसार १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक बाहिरिएकोमा  १२ लाख ६३ हजार ४६९ भित्रिएका छन्  । 

    सो अवधिमा अध्ययनको लागि १ लाख ०८ हजार ५ सय ४२ जना, अस्थायी आवास भिसामा ९२ हजार ३४९ विदेशमा गएका थिए । यसैगरी  स्थायी आवासका ७० हजार ९१५ र डिपेन्डेन्ट भिसामा २० हजार ६१३ गरी जम्मा २ लाख ९२ हजार ४२० नेपाली कुनै न कुनै रुपमा विदेश मै रहने गरी गएका छन् । यसमा भारतको भूमि भएर तेस्रो देश गएका नागरिकहरुको संख्या समावेश भने गरिएको छैन ।

    सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नागरिक श्रमिकको रुपमा विभिन्न देश गएका  थिए  । नाता भिसामा १ लाख ६७ हजार ४८५, भिजिट पर्यटक तथा धार्मिक प्रयोजनको लागि २ लाख ०४ हजार ५१८ नागरिक बाहिरिएका थिए ।अध्यागमन कार्यविधि २०६५ मा नेपाली नागरिकलाई विदेश प्रस्थान सम्बन्धी भएको सरल व्यवस्थालाई मिति २०७८ फागुन २६ मा नेपाल सरकार सचिवस्तर निर्णयबाट जटिल बनाइएको विवरण पनि पेस गरिएको छ ।

    हाल अध्यागमन विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेको छ । सो विधेयकमा वर्तमान समय सापेक्ष बनाउन केही विषयहरु थप गराउनुपर्ने र यसको आधारमा अध्यागमन नियमावलीमा समेत संशोधन गर्नुपर्ने आवश्यकताबारे समितिलाई जानकारी दिइयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij