Logo

May 12 2024 | २०८१, वैशाख ३०गते

images

राष्ट्र बैकद्वारा सबै भन्दा बढी रेमिट्यान्स ल्याउने बैंक र कम्पनीहरू सम्मानित , सबै भन्दा बढी ल्याउने आइएमई


नया सडक

२०८१, वैशाख १४ शुक्रबार

  • 429
    Shares

  • राष्ट्र बैकद्वारा  सबै भन्दा बढी रेमिट्यान्स ल्याउने बैंक र कम्पनीहरू सम्मानित , सबै भन्दा बढी ल्याउने  आइएमई

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै भन्दा बढी रेमिट्यान्स ल्याउने कम्पनी र बैंकलाई आफ्नो वार्षिकोत्सवको अवसरमा सम्मानित गरेको छ । आर्थकि वर्ष २०७९/८०मा सबै भन्दा बढी रेमिट्यान्स ल्याउने  बैंक र कम्पनीहरूलाई राष्ट्र बैंकले सम्मान गरेको हो ।

    images

    वाणिज्य बैंकहरूमा सबै भन्दा बढी रेमिट्यान्स ल्याउने बैंक ग्लोबल आइएमईले २१.१ प्रतिशत रेमिट्यान्स ल्याएको छ । यसैगरी धेरै ल्याउने अन्य बैंकमा हिमालयन बैंक २०.६ प्रतिशत र नेपाल एसबीआई बैंकले १९ .१ प्रतिशत रेमिट्यान्स ल्याएका हुन् ।

    बैंक तथा वित्तीय संस्था बाहेकको कम्पनी आइएमईले २७ .५ प्रतिशत ल्याएको छ । अन्य कम्पनीहरूमा १४.९ प्रतिशत सिटी एक्सप्रेस र इसेवा मनि ट्रान्सफरले १२.१ प्रतिशत रेमिट्यान्स ल्याएका हुन् । उनीहरूलाई राष्ट्र बैंकले सम्मानित ग¥यो ।

    प्रतिक्रिया दिनुहोस