Logo

May 12 2024 | २०८१, वैशाख ३०गते

images

इलाम उपनिर्वाचन अपडेटः मतगणना सुरु


नया सडक

२०८१, वैशाख १६ आइतबार

  • 354
    Shares

  • इलाम उपनिर्वाचन अपडेटः मतगणना सुरु

     

    images

    फिक्कल । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । 

     

    विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो । इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना सुरु भएको हो । 

     

    यहाँका छ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने उहाँले जानकारी दिनुभयो । सोमबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको उहाँले बताउनुभयो ।

     

    मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने जानकारी पनि उहाँले दिनुभयो । मतगणनास्थल सिटी हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

     

    मतगणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिनेछ ।

     

    कूल ५९ दशमलव ७९ प्रतिशत मत खसेको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस

    प्रतिक्रिया दिनुहोस