Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

लगानी सम्मेलनमा तयारी नपुगेकाले परियोजना विकास सम्झौता (पीडीए) नहुने भयो

लगानी सम्मेलनमा तयारी नपुगेकाले परियोजना विकास सम्झौता (पीडीए) नहुने भयो

  • काठमाडौँ । तयारी नपुगेकाले तेस्रो लगानी सम्मेलनमा परियोजना विकास सम्झौता (पीडीए) नहुने भएको छ । लगानी बोर्डले दुई दिने लगानी सम्मेलनमा चार वटा पीडीए गर्ने योजना पूरा नहुने भएको हो ।

    लगानी सम्मेलनमा गर्ने भनिएको पीडीएका लागि तयारी नसकिएकाले सम्झौता नहुने भएको बोर्डका अधिकारीहरूले धारणा सार्वजनिक गरेका हुन् ।बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी सार्वजनिक गरे अनुसार आवश्यक तयारी नपुगेका कारण अन्तिम चरणमा कुनै पनि पीडीए नहुने अवस्थामा पुगेको हो । 

    लगानी बोर्डले दमक औद्योगिक पार्क, अप्पर मर्स्याङ्दी दोस्रो , सोलार परियोजना र डाबर नेपालको लगानी विस्तारसँग सम्बन्धित चार पीडीए सम्झौता सम्मेलनका दौरान गर्ने तयारी भएपनि त्यसको तयारी हस्ताक्षर गर्नेसम्मको अवस्थामा नपुगेको देखियो । यसका लागि थप पहल गरी पीडीए छिट्टै गर्ने भनाइ अधिकारीहरूको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij