Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख १७ सोमबार

  • 393
    Shares

  • आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले बढ्यो

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७५ दशमलव ७९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू १८ करोड ६८ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू३३ करोड १५ लाख पुगेको हो ।  चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी रू ३ अर्ब ५० करोड रहेकोमा चालू आवमा बढेर रू ४ अर्ब १२ करोड पुगेको छ । 

    images

    त्यस्तै कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू ३ अर्ब २९ करोड बीमाशुल्क आर्जन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस