Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

१० अर्ब बराबरको इन्भेष्टमेन्ट कम्पनीका लागि पहल गर्दै नेपाल उद्योग वाणिज्य महासंघ

१० अर्ब बराबरको इन्भेष्टमेन्ट कम्पनीका लागि पहल गर्दै नेपाल उद्योग वाणिज्य महासंघ

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले  १० अर्ब रुपैया बराबरको इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्न पहल गरेको छ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल घरजग्गा तथा आवास विकास संघको १७औं साधारण सभामा यस्तो बताएका हुन् ।

    बुधबार काठमाडौंमा भएको नेपाल घरजग्गा तथा आवास विकास संघको साधारण सभामा  अध्यक्ष ढकालले े पुँजी अभावका कारण धेरै आयोजना र उद्योगहरू स्थापना गर्न नसकिएको बताए ।उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स अन्तर्गतका व्यवसायी तथा अन्य व्यवसायीलाई समेत समेटेर कम्पनी स्थापना गरिने छ । 

    ठूला मेगा प्रोजेक्ट, ट्रान्समिसन लाइन, ठूला बस्ती विकास, हाइवे, हाइड्रो, पर्यटन लगायतका आयोजना रकम अभावमा सम्पन्न हुन नसक्ने बताउँदै अध्यक्ष ढकालले आयोजनामा लगानी गर्नसक्ने वातावरण सिर्जना गर्न  यो कम्पनी भूमिका खेल्ने बताए ।नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले राष्ट्र बैंकले घरजग्गा कारोबारमा लिएको कठोर नीतिको कारण घरजग्गा व्यवसायमा ठूलो समस्या ल्याएको गुनासो पोखे ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij