Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको  अर्थमन्त्री पुनको भनाइ

अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको  अर्थमन्त्री पुनको भनाइ

  • काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको  बताएका छन् ।राजधानीमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा  अर्थमन्त्री पुनले  गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको बताएका हुन् ।

    विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

    अर्थतन्त्रमा थोरै शिथिलता रहेको र यसमा आन्तरिक र वाह्य कारण रहेको बताउँदै  उनले  तथ्यांकहरुले विस्तारै त्यसमा सुधार देखाएको बताए । बाँकी अवधिमा पूँजीगत खर्च बढाउन पहल गर्ने भन्दै मन्त्री पुनले  यद्यपि अझै पनि ढुक्कसँगै अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था नरहेको  बताए ।

    नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान मुलुक भारत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनु पर्ने बताउँदै भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेकोले  उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।

    आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनले खुलाए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा ०६४ सालमा अख्तियार गरिएको ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न सक्ने अवस्था आएको चर्चा उनले गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij