काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ ३ गते बिहीबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ ६ गते बुक क्लोज गर्दैछ । जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन ।यस कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न नेपाल पुनर्बिमाले जेठ १७ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।