काठमाडौं । नेपाल इन्सुरेन्सको भोलि शुक्रबार जेठ ४ गते विशेष साधारण सभा बस्ने भएको छ । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको हो । सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ४०५ हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।