Logo

Jun 16 2024 | २०८१, असार २गते

images

दुर्घटनामा १२ जना घाइते


नया सडक

२०८१, जेठ १० बिहीबार

  • 303
    Shares

  • दुर्घटनामा १२ जना घाइते

     

    images

    मुगु । बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो ।

     

    दुर्घनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य छ ।

     

    घाइते चालक तथा जिप मालिक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट २५ मिटर तल खसेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस