Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

सपोर्ट लघुवित्तको खुद नाफा ६३.०८ प्रतिशतले बढ्यो

सपोर्ट लघुवित्तको खुद नाफा ६३.०८ प्रतिशतले बढ्यो

  • काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ६३.०८ प्रतिशतले धेरै हो ।

    संस्थाको खुद ब्याज आम्दानी ३४.३० प्रतिशतले बढेर १ करोड ९४ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी १ करोड ४४ लाख रुपैयाँ थियो । यता, सञ्चालन नाफा १५.८५ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी बढ्दा नै नाफामा सुधार आएको हो । 

    यस लघुवित्तको प्रोभिजन २२.४४ प्रतिशतले बढेको छ । चुक्ता पुँजी १० करोड ७६ लाख रुपैयाँ रहेको यस संस्थाको जगेडा कोषमा ५ करोड ६० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ९.६९ रुपैयाँ पुगेको छ ।



    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij