Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

४ महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँको आयात, साढे पाँच खर्बको वैदेशिक व्यापार

४ महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँको आयात, साढे पाँच खर्बको वैदेशिक व्यापार

  • काठमाडौं । चालु आर्जिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा ५ अर्ब १३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा गरेको यस्तो आयात ०.१७ प्रतिशतले बढेको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको थियो ।यो अवधिमा नेपालले ५२ अबै ६७ करोड रुपैयाँको निर्यात गरेको छ । नेपालले गरेको यस्तो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा नेपालले ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात गरेको थियो ।

    चालु आवको पहिलो चार महिनासम्मको अवधिमा नेपालको व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ भने नेपालको वैदेशिब व्यापार ०.५३ प्रतिशतले बढेको छ ।

    यो अवधिसम्ममा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब रुपैयाँको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij