Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते

दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते

  • नौमुले ।  कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

    जुम्लाबाट टीकापुर गइरहेको ना४ख ६०५६ नं को बस दुर्घटना भएको हो । राजमार्गमै बस पल्टिएका कारण सडक अवरुद्ध हुँदा आवागमन रोकिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख टोपबहादुर महताराले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको छ । बसमा ३२ जना सवार थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij