Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

एनएमबि बैंकको १ लाख ८० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

एनएमबि बैंकको १ लाख ८० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

    सर्वसाधारण लगानीकर्तामा विक्री गरिएपनि यी शेयर संस्थापक समूहमै रहने जानकारी समेत कम्पनीले दिएको छ । प्रतिकित्ता ११० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।

    इच्छुक खरीदकर्ताहरुले मंसिर २३ गते दिउँसो ३ बजेभित्र विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij