पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेसहित चारैजनालाई जिल्ला अदालत कास्कीले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।विसँगै उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि थप १५ दिन हिरासतमा राखेर अनुसन्धानको अनुमति मिलेको श्रेस्तेदार राजन खनालले खबरहबलाई बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका चारै जनालाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । उनीहरूलाई आइतबार बिहान १० बजे अदालत लगिएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij