Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सभा पुस ३ गते

चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सभा पुस ३ गते

  •  

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पुस ३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो । सभा चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकोट परिसरमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले यस पटक पनि कुनै लाभांश प्रस्ताव गरेको छैन । अघिल्लो वर्ष पनि कम्पनीले लाभांश वितरण गरेको थिएन । 

    लगातार तेस्रो वर्ष कम्पनीका सेयरधनी लाभांश पाउन वञ्चित भएका छन् । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij