Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

बक्यौता नउठे पनि उद्योगहरुको लाइन तत्काल नकाट्ने प्राधिकरणको निर्णय

बक्यौता नउठे पनि उद्योगहरुको लाइन तत्काल नकाट्ने प्राधिकरणको निर्णय

  • काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत महसुल बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुको लाइन नकाट्ने निर्णय गरेको छ।

    सञ्चालक समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। सञ्चालक समितिले बक्यौता महसुल उठाउन बैकल्पिक बाटो खोजिने निर्णय पनि गरेको छ।

    यसअघि प्राधिकरणलाई विद्युत नियमन आयोगले मंगलबार उद्योगहरुको लाइन नकाट्न र बक्यौता महसुल उठाउने बैकल्पिक बाटो खोज्न निर्देशन दिएको थियो। आयोगले विद्युत लाइन काट्ने निर्णयले समस्या दोहोरिरहने र राजस्व पनि गुम्ने खतरा औँल्याएको थियो।

    यसअघि पटक–पटक प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काट्दै आएको थियो। सरकारको निर्देशनमा पछिल्लोपटक प्राधिकरणले उद्योगहरुको लाइन जोडेर १५ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको हो। तोकिएको अवधिभित्र नतिरे फेरि लाइन काट्ने प्राधिकरणले जनाएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij