काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनमा सागर ढकाल विजयी भएका छन् । एसोसिएसनको आगामी २ वर्षे कार्यकालका लागि राज कुमार तिमिल्सिना र सागर ढकाल प्यानसहित प्रतिस्पर्धामा रहेका थिए ।
आज भएको एसोसिएसनको निर्वाचनमा कुल ८८ मत खसेकोमा ढकाल ४५ मत पाएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी तिमिल्सनाले ४३ मत पाए ।
यसैगरी, उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय पौडेल निर्वािचित भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij