Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

हिमालयन डिष्टिलरीको  साधारण सभा मंसिर २३ गते  , २० प्रतिशत लाभांश प्रस्ताव गर्ने

हिमालयन डिष्टिलरीको  साधारण सभा मंसिर २३ गते  , २० प्रतिशत लाभांश प्रस्ताव गर्ने

  • काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश प्रस्तावसँगै वार्षिक साधारण सभाको मिति तय गरेको छ । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २८ गते २४औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

    सभा कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्ज, पर्सामा विहान १० बजे सुरु हुने जानकारी कम्पनीले दिएको छ । गत वर्षको मुनाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।

    बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij