Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

उपराष्ट्रपति यादवसँग सार्क महासचिव सरवरको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग सार्क महासचिव सरवरको शिष्टाचार भेट

  •  

    काठमाडौं ।उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव मोहम्मद गुलाम सरवरले शिष्टाचार भेट गर्नुभएको छ ।

     

    आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । सो अवसरमा क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जानकारी दिएको छ । 

     

    “संस्थापक नेताले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सकृयताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ”, उपराष्ट्रपतिले यादवले भन्नुभयो ।

     

    उहाँले  सार्कका महत्वपूर्ण संयन्त्रका बैठक नियमित आयोजना र १९ औँ शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयको महत्वबारे उल्लेख गर्नुभएको थियो । सार्कका संस्थागत निर्णय कार्यान्वयन गर्न सदस्य राष्ट्रको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेकामा उहाँले जोड दिनुभयो ।

     

    “लोकतान्त्रिक प्रणाली, सुशासन र मानवअधिकार प्रवर्द्धनका लागि सदस्य राष्ट्रबीचको साझा प्रतिबद्धता अत्यावश्यक छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “म सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छु ।”

     

    सार्कका महासचिव सरवरले अगामी ‘सार्क चार्टर डे’को लागि सबै सदस्य राष्ट्रको शुभकामना प्राप्त गरेको उल्लेख गर्दै सार्क मुलुकका विभिन्न चुनौती मिलेर सामना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सार्क राष्ट्रहरु सम्पन्न हुन साझा प्रयास जरुरी छ ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij