काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले १७औं वार्षिक साधारणसभा पुस २५ गते गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिले काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij