Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

एनएमबि सरल बचत फण्ड इले मंसिर मसान्तमा कमायो रू .१८ करोड ८८ लाख नाफा

एनएमबि सरल बचत फण्ड इले मंसिर मसान्तमा कमायो रू .१८ करोड ८८ लाख नाफा

  • काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

    उक्त वित्तीय विवरणअनुसार फण्डले मंसिर मसान्तमा रू. १८ करोड ८८ लाख नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा ४३ प्रतिशत कम हो । फण्डले कात्तिक मसान्तमा रू. ३३ करोड २१ लाख नाफा कमाएको थियो । मंसिरमा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । 

    कात्तिक मसान्तमा फण्डको कुल आम्दानी रू. ३४ करोड ९० लाख रहेकोमा मंसिर मसान्तमा रू. २० करोड ९९ लाखमा सीमित भएको छ । नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ २८ पैसा रहेकोमा मंसिर मसान्तमा १० रुपैयाँ ७१ पैसामा सीमित भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij