Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध ६ करोड ८६ लाख बढी बिगो र सजाय माग गर्दै मुद्दा दायर

राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध ६ करोड ८६ लाख बढी बिगो र सजाय माग गर्दै मुद्दा दायर

  • लुम्बिनी । राजस्व अनुसन्धान विभागमार्फत् राजस्व अनुसन्धान कार्याल बुटवलले अलिम इन्टरप्राइजेज स्थायी लेखा नम्बर ३०४८९६२८० का प्रोपराइटर अलिम मियाँ विरुद्ध मुद्दा दर्ता गरेको छ ।राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा न ५ नेपालगञ्जरोडस्थित  अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको हो ।कार्यालयले  राजस्व चुहावट कसुरमा अनुसन्धान सम्पन्न गरी उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा मंगलबार अलिम मियाँ विरुद्ध मुद्दा दर्ता गरेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले नयाँ सडकलाई बताए ।

    मुद्दामा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन (संशोधनसहित) २०५२ को दफा ३ द्वारा निषेधित कार्य गरेका विषयमा अनुसन्धान गर्दा सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि हुन आएकाले प्रतिवादी मियाँबाट सोही ऐनको दफा २ (छ, १)बमोजिम बिगो रु ३ करोड ४३ लाख ३९ हजार ४ सय ३३ बिगो र सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगोको शतप्रतिशतले हुने रु ३ करोड ४३ लाख ३९ हजार ४ सय ३३ रुपैयाँ जरिवाना तथा सोही ऐनको दफा २३को उपदा (१ ) (ख) बमोजिम निज मियाँलाइै हदैसम्मको सजाय माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij