Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १६ घण्टा सञ्चालनमा आउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १६ घण्टा सञ्चालनमा आउने

  • काठमाडौँ ।आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय दैनिक १६ घण्टा निर्धारण गरिएको छ। विमानस्थलको पूर्वाधार विस्तारका लागि भएका तीनवटा प्रमुख आयोजना मध्ये धावनमार्गसँगको ७५ मिटर नजिकको काम ६० प्रतिशत सकिएपछि विमानस्थल सञ्चालनको समय दुई घण्टा थपिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

    अघिल्लो कात्तिक २३ देखि विमानस्थल बिहान ७ बजे देखि राति १० बजेसम्म मात्र सञ्चालन भइरहेको थियो, तर आजबाट यसको समयावधि बिहान ७ बजेदेखि राति ११ बजेसम्म लम्ब्याइएको छ। यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने गरेको थियो।

    वर्तमानमा विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको अन्तर्राष्ट्रिय एप्रोन, र पूर्वतर्फको ह्याङ्गर क्षेत्र विस्तार कार्य जारी रहेको छ। प्राधिकरणको भनाइअनुसार, धावनमार्गसँग जोडिएका जटिल संरचनाका काम समाप्त भएपछि चैत १८ गतेसम्म विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने तयारी गरिएको छ।

    यस समयमा विमानस्थलको क्षमता ८० देखि ८५ लाख यात्रु प्रति वर्षको रहेको छ, तर आगामी परियोजनाका पूरा भएपछि वार्षिक यात्री क्षमता १० देखि १५ लाखले वृद्धि भएर १.२५ करोडसम्म पुग्ने अपेक्षा गरिएको छ। विमानस्थलको विस्तार कार्यमा करिब १५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij