Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

आज प्रतिनिधि सभाको बैठक: प्रमुख विधेयकहरूमा छलफल हुने

आज प्रतिनिधि सभाको बैठक: प्रमुख विधेयकहरूमा छलफल हुने

  • काठमाडौं ।आज प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा ‘बैंकिङ्ग कसुर र सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित विधेयक पेश गरिने कार्यसूची छ।

    यसका अतिरिक्त, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उठेको ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा ‘संविधान परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    साथै, बैठकमा ‘संविधान परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश हुने संभावना रहेको संसद सचिवालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij