Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदका बारेमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदका बारेमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

  • काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। दुवै रिटको पेसी आज तोकिएको छ।

    घिसिङले आफूलाई कार्यकारी निर्देशकको पदबाट गैरकानुनी रूपमा हटाइएको भन्दै रिट दायर गरेका छन्। उनले शाक्यको नियुक्ति बदर गर्दै आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकको पदमा पुनः बहाल गर्नका लागि आग्रह गरेका छन्। साथै, उनले शाक्यको कार्यकाललाई चुनौती दिँदै, मन्त्रीपरिषद्को निर्णयको समीक्षा गर्न पनि माग गरेका छन्।

    यस रिटमा घिसिङले प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय र शाक्यलाई विपक्षी बनाएका छन्। मन्त्रिपरिषद्को चैत ११ को बैठकले घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

    शाक्यले भने आफ्नो साढे ३ वर्ष पुरानो मुद्दाको समाधानका लागि र उक्त अवधिको सेवासुविधा माग गर्दै रिट दायर गरेका छन्। उनले आफ्नो हालको नियुक्तिलाई प्रभावित नगर्न र कुनै पनि प्रशासनिक कामकारबाही नगर्न आग्रह गरेका छन्।

    स्मरणीय छ कि २०७८ सालमा तत्कालीन सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको पदमा नियुक्त गरेको थियो भने शाक्यलाई ऊर्जा आयोगको जिम्मेवारी दिइएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij