
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भदौमा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको हो ।
स्रोतले जनाए अनुसार भदौ ३१ गते भारतको नयाँ दिल्ली भ्रमण हुने जनाए पनि अहिलेसम्म यसको पुष्टि हुन बाँकी रहेको छ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij