Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

भारत : सडक दुर्घटनामा १८ हिन्दू तीर्थयात्रीको मृत्यु

भारत : सडक दुर्घटनामा १८ हिन्दू तीर्थयात्रीको मृत्यु

  •  

    नयाँदिल्ली ।मङ्गलबार पूर्वी भारतमा मङ्गलबार हिन्दू तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किएपछि कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

     

    झारखण्ड राज्यको घटनास्थलबाट प्राप्त दृश्यहरूले बसको भग्नावशेष देखाएको छ । यसको पछाडिको भाग लगभग पूर्ण रूपमा जलेको थियो ।

     

    स्थानीय सांसद निशिकान्त दुबेले तीर्थयात्रीहरू उपमहाद्वीपमा मनसुनको सुरुआतसँगै पवित्र श्रावण महिना मनाउन हिन्दू तीर्थस्थलतर्फ जाँदै गरेको बताउनुभयो ।

     

    “बस र ट्रक दुर्घटनामा १८ जना भक्तको ज्यान गएको छ”, दुबेले सामाजिक सञ्जालमा भन्नुभयो ।

     

    तीर्थयात्रीहरूले संहारका हिन्दू देवता भगवान् शिवलाई अर्पण गर्न गङ्गाबाट पवित्र पानी बोकेका थिए ।

     

    प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ज्यान गुमाउने भक्तहरूका परिवारजनहरूप्रति गहिरो समवेदना’ व्यक्त गर्नुभयो ।

     

    उहाँको कार्यालयले सामाजिक सञ्जालमा भनेको छ, “झारखण्डको देवघरमा भएको सडक दुर्घटना अत्यन्त दुःखद छ ।”

     

    आधिकारिक तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष सडक दुर्घटनामा दशौँ हजार मानिस मर्छन् ।

     

    सन् २०२३ मा सडक दुर्घटनामा एक लाख ७२ हजारभन्दा बढीको मृत्यु भएको यातायातमन्त्री नितिन गडकरीले संसद्लाई बताउनुभयो ।

     

    गत नोभेम्बरमा एउटा बस उत्तरी राज्य उत्तराखण्डमा गहिरो हिमाली खोँचमा खस्दा कम्तीमा ३६ यात्रुको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij