Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई उत्तर कोरियाको चेतावनी

आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई उत्तर कोरियाको चेतावनी

  •  

    सियोल ।उत्तर कोरियाका नेताकी शक्तिशाली बहिनीले मङ्गलबार संयुक्त राज्य अमेरिकालाई आणविक निःशस्त्रीकरणको विरुद्धमा चेतावनी दिनुभएको छ । यो चेतावनी ह्वाइट हाउसका एक अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्प किम जोङ उनसँग वार्ताका लागि खुला रहेको बताएपछि आएको हो ।

     

    “डिपिआरकेलाई आणविक हतियार राष्ट्रको रूपमा अस्वीकार गर्ने कुनै पनि प्रयासलाई।।। पूर्ण रूपमा अस्वीकार गरिनेछ”, किम यो जोङले उत्तर कोरियालाई यसको आधिकारिक नामको संक्षिप्त रूपमा उल्लेख गर्दै राज्य सञ्चारमाध्यमले प्रकाशित गरेको वक्तव्यमा भन्नुभयो ।

     

    किमले आफ्नो दाइ र ट्रम्पबीचको ‘व्यक्तिगत सम्बन्ध’ ‘नराम्रो नभएको’ बताउनुभयो, तर भविष्यको कुनै पनि वार्तामा ‘आणविक निःशस्त्रीकरणको उद्देश्य पूरा गर्न’ प्रयोग नगर्न चेतावनी दिनुभयो ।

     

    उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी सम्झौतामा पुग्नका लागि अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालमा ट्रम्प र उत्तर कोरियाली नेताबीच तीन पटक भेट भएको थियो ।

     

    तर सन् २०१९ मा हनोईमा भएको दोस्रो शिखर सम्मेलनमा उत्तर कोरियाले यसको बदलामा के पाउने भन्ने कुरामा सहमति हुन नसकेपछि प्योङयाङले आफ्नो आणविक कार्यक्रमलाई गति दिएको छ ।

     

    “केही समयअघि ह्वाइट हाउसका एक अधिकारीले भन्नुभयो।।। उहाँ ९ट्रम्प० अझै पनि उत्तर कोरियाको पूर्ण आणविक निःशस्त्रीकरण हासिल गर्न उत्तर कोरियाका नेतासँग वार्ताका लागि खुला हुनुहुन्छ”, उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार किम यो जोङले मङ्गलबार भन्नुभयो ।

     

    उहाँले ह्वाइट हाउसका एकजना अज्ञात अधिकारीलाई उद्धृत गरेको देखिन्छ । ती अधिकारीलाई सप्ताहन्तमा योन्हाप समाचार एजेन्सीले उद्धृत गर्दै ट्रम्प ‘उत्तर कोरियालाई पूर्ण रूपमा आणविक निःशस्त्रीकरण गर्न नेता किमसँग कुराकानी गर्न खुला रहेको’ बताएको थियो ।

     

    “हाम्रो राज्यका प्रमुख र वर्तमान अमेरिकी राष्ट्रपतिबीचको व्यक्तिगत सम्बन्ध नराम्रो छैन भन्ने तथ्यलाई म अस्वीकार गर्न चाहन्नँ”, उहाँले भन्नुभयो । तर उहाँले वासिङ्टनलाई आणविक निःशस्त्रीकरण हासिल गर्न यसलाई प्रयोग गर्ने प्रयास नगर्न चेतावनी दिनुभयो ।

     

    “यदि यसलाई त्यस उद्देश्यका लागि प्रयोग गरियो भने, यसलाई अर्को पक्षको उपहास बाहेक अरू केही भनेर व्याख्या गर्न सकिँदैन”, उहाँले संयुक्त राज्य अमेरिकासँग उत्तर कोरियालाई ‘आणविक हतियार राज्य’ का रूपमा मान्यता दिन आग्रह गर्दै भन्नुभयो ।

     

    ट्रम्पले उत्तर कोरियाली नेतासँग आफ्नो ‘उत्कृष्ट सम्बन्ध’ बारे कुरा गर्नुभएको छ र प्योङयाङमा तेस्रो पुस्ताका शासकसँग पुनः वार्ता गर्न खोज्ने सङ्केत गर्नुभएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij