Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

कक्षा १२ को मौका परीक्षा आजदेखि सुरु

कक्षा १२ को मौका परीक्षा आजदेखि सुरु

  • काठमाडौं । कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक भएपछि स्थगित गरिएको थियो ।

    राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन हुनेछ ।

    पहिलो दिन आज अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्ये सानो कोड भएको विषयको परीक्षा हुने व्यवस्था गरिएको छ । तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपाली विषयको परीक्षा दिनुपर्नेछ ।

    यस्तै, बुधबार दुवै विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्ये ठूलो कोड भएको विषयको परीक्षा हुनेछ । दोस्रो दिन भने अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छैन । अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात् आश्विन ७ गते नै हुने व्यवस्था गरिएको छ ।

    सबै विषयको परीक्षा बिहान ११ बजेदेखि सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij