Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

नक्कली भुटानी शरणार्थी प्रकरणका टोपबहादुर रायमाझी कारागार फर्किए

नक्कली भुटानी शरणार्थी प्रकरणका टोपबहादुर रायमाझी कारागार फर्किए

  • काठमाडौं । कारागारबाट फरार भएका टोपबहादुर रायमाझी सोमबार पुनः कारागार फर्किएका छन्। कारागार प्रशासनका अनुसार भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा उनी जेलबाट बाहिरिएका थिए।

    रायमाझीले कारागार प्रशासनलाई फोनमार्फत आफू जुनसुकै कारागारमा फर्किन तयार रहेको बताएका थिए। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन्।

    यसै कारागारमा रहेका ३३ किलो सुन काण्डका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पनि फरार भएका थिए, तर उनी यसअघि नै कारागार फर्किसकेका छन्।

    रायमाझीसँगै सो प्रकरणमा कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डे भने अहिलेसम्म कारागार फर्किएका छैनन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij