काठमाडौँ ।साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेखनीय रूपमा वृद्धि भएको छ।
कम्पनीले चालु आवको पहिलो तीन महिनामा ५५ करोड ७९ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन गत आवको सोही अवधिका ६ करोड ३४ लाख रुपैयाँको तुलनामा ७७९.४५ प्रतिशतले बढी हो। आम्दानी बढेसँगै कम्पनी नोक्सानीबाट नाफामा रूपान्तरण भएको छ — गत आवको असोज मसान्तसम्ममा ५ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले चालु आवको सोही अवधिमा १५ करोड २८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।
कम्पनीका अनुसार हाल ४२।५ मेगावाटको साञ्जेन जलविद्युत आयोजना र साञ्जेन माथिल्लो जलविद्युत आयोजना दुबैबाट नियमित रूपमा विद्युत उत्पादन भइरहेको छ। नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण गरिएको चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि दुबै आयोजनाबाट उत्पादित विद्युत सोही लाइनमार्फत प्रवाह भइरहेकाले आम्दानी उल्लेख्य रूपमा बढेको हो।
वित्तीय विवरणअनुसार, पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर आम्दानी ९भ्एक्० १६ रुपैयाँ ७५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ५४ पैसा रहेको छ। सो अवधिसम्म कम्पनीको मूल्य–आम्दानी अनुपात ९एरभ् च्बतष्य० १६।१२ गुणा रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ५२ करोड ८२ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको वित्तीय विवरणमा उल्लेख छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij