Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

नेपालको पहिलो फुड डेलिभरी कम्पनीको १५औँ वार्षिकोत्सव सम्पन्न

नेपालको पहिलो फुड डेलिभरी कम्पनीको १५औँ वार्षिकोत्सव सम्पन्न

  •  

    काठमाडौं। सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५औँ वार्षिकोत्सव मनाएको छ । सुरुआतमा सानो स्टार्टअपका रूपमा सुरु भएको फुडमाण्डुले आज १५ वर्षको यात्रामा उल्लेखनीय सफलता हासिल गरेको छ । कम्पनीले नेपालभरका थुप्रै ग्राहक र रेस्टुरेन्टहरूलाई जोड्दै एक परिचित ब्रान्डको रूपमा आफूलाई स्थापित गराइसकेको छ । हाल फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलका हजारौँरेस्टुरेन्टसँग साझेदारी गरीधेरैडेलिभरी राइडरहरूका लागि रोजगारीको अवसर समेत सिर्जना गरेको छ ।

    वार्षिकोत्सवको अवसरमा फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भन्नुभयो, “पन्ध्र वर्षअघि ग्राहकलाई घरमै मनपर्ने खाना सजिलै पाउने सोचका साथ हामीले फुडमाण्डुको सुरुआत गरेका थियौं । आज हामीले पाएको सफलता हाम्रो लागि गर्वको विषय हो । फुडमाण्डुले ग्राहकहरूको खाना अर्डर गर्ने तरिका मात्र परिवर्तन गरेको छैन, रेस्टुरेन्टहरूलाई थप ग्राहकसम्म पुग्न र व्यवसाय बढाउन पनि सहयोग पु¥याएको छ ।” उहाँका अनुसार यो उपलब्धि फुडमाण्डुका रेस्टुरेन्ट पार्टनर्स, समर्पित राइडरहरू र सन्तुष्ट ग्राहकहरूकै कारण सम्भव भएको हो ।

    कम्पनीले अझ बढी रेस्टुरेन्टहरू जोड्ने, भरपर्दो डेलिभरी सेवा दिने, अर्डर प्रक्रिया सजिलो बनाउने र नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध परिकार उपलब्ध गराउने लक्ष्य राखेको छ । फुडमाण्डुकी ब्रान्ड तथा मार्केटिब म्यानेजर इनेशा भट्टराईले भन्नुभयो्, “हाम्रो लागि यो १५ वर्षे यात्रा अविस्मरणीय रह्यो । हामी पहिलो दिनजस्तै उत्साहका साथ खानासँगै खुसी’ डेलिभरी गर्ने प्रतिबद्धतामा निरन्तर काम गरिरहेका छौं ।”


    १५औँ वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले कात्तिक २५ देखि मंसिर १४ गतेसम्म विशेष अफर ल्याएको छ । यस अन्तर्गत काठमाडौं, पोखरा, चितवन र बुटवलका २०० भन्दा बढी रेस्टुरेन्टहरूमा विभिन्न परिकारमा छुट उपलब्ध हुनेछ । हाल फुडमाण्डुले १,००० भन्दा बढी रेस्टुरेन्टमार्फत काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलमा सेवा दिइरहेको छ । साथै, फुडमाण्डु वनमार्टमार्फत दैनिक उपभोग्य सामग्रीको तत्काल डेलिभरी सेवा पनि प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij