काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ४० प्रतिशत बोनस शेयर र २।१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार बिहान ९ बजे, आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँ मा १३औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभामा लाभांश प्रस्तावका साथै बोनस शेयर वितरणपछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij