Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

विजय लघुवित्त नोक्सानीबाट नाफामा, पहिलो त्रैमासमै ३ करोड २० लाख कमाइ

विजय लघुवित्त नोक्सानीबाट नाफामा, पहिलो त्रैमासमै ३ करोड २० लाख कमाइ

  •  

    काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड  ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, गत वर्षको सोही अवधिमा नोक्सानीमा रहेको लघुवित्तले यस वर्ष ३ करोड २० लाख रुपैयाँ खुद नाफा कमाउँदै नाफामा फर्किएको हो। गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ४५ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो।

    खुद ब्याज आम्दानीमा ७९.३५ प्रतिशत वृद्धि र कुल सञ्चालन आम्दानीमा ७४.८८ प्रतिशत वृद्धि हुँदा लघुवित्त नाफामा पुगेको हो। गत वर्षको पहिलो त्रैमासमा ३ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन मुनाफा यस वर्षको सोही अवधिसम्ममा ४ करोड ७९ लाख रुपैयाँ धनात्मक बनेको छ।

    नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी  पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। असोज मसान्तसम्ममा भ्एक् १७ रुपैयाँ १९ पैसा, मूल्य–आम्दानी अनुपात  ४३.६४ गुणा, र प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २१ पैसा रहेको छ। साथै, कम्पनीसँग १ करोड ४ लाख रुपैयाँ वितरणयोग्य नाफा र ५ रुपैयाँ ५९ पैसा वितरणयोग्य प्रतिशेयर आम्दानी रहेको उल्लेख गरिएको छ।

    हाल कम्पनीको चुक्ता पूँजी ७४ करोड ५० लाख रुपैयाँ र जगेडा कोष ५२ करोड १० लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा लघुवित्तले २ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij