Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

अर्थमन्त्रालयको राजस्व सचिवमा तानिए भूपाल बराल

अर्थमन्त्रालयको राजस्व सचिवमा तानिए भूपाल बराल

  • काठमाडौँ । अर्थमन्त्रालयको राजस्व सचिवमा भूपाल बराललाई ल्याइएको छ । अर्थमन्त्री रामेश्वर खनालले राजस्व सचिवको जिम्मेवारी भूपाल बराललाई दिएका हुन् ।

     मन्त्री खनालले  राजस्व सचिव दिनेशकुमार घिमिरेलाई  असोज ६ गते सरुवा गरेका थिए । त्यसयता रिक्त पदमा बराललाई ल्याएका हुने ।राजस्वबाट सरुवा गरिएका घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पठाइएको छ । राजस्व प्रशासनमा राम्रो दखल भएका बराललाई मन्त्री खनालले  बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवको जिम्मेवारीबाट तानेर ल्याएका छन् ।

    राजस्व सचिवको जिम्मेवारीमा तानिएका बराल आइतबारदेखि मन्त्रालयमा हाजिर हुने अपेक्षा गरिएको छ ।  बरालसँग यसअघि अर्थ मन्त्रालयको राजस्व प्रशासन महाशाखा, बजेट महाशाखा, आन्तरिक राजस्व विभागको महानिर्देश भएर काम गरेको अनुभव रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij