Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

आव २०८१/८२ मा गण्डकी आर्थिक वृद्धि दर ५.५१ रहने

आव २०८१/८२ मा गण्डकी आर्थिक वृद्धि दर ५.५१ रहने

  • काठमाडौँ । गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।  नेपाल राष्ट्र बैंकले वार्षिकरूपमा यो प्रतिवेदन सार्वजनिक गर्दै आएको हो । गण्डकी  प्रदेशका ११ जिल्ला जिल्लाहरूमा आर्थिक वर्ष (आव)२०८१/८२ असार मसान्तसम्मको जिल्लागत  कृषि, उद्योग,सेवा तथा पूर्वाधारक्षेत्रको स्थिति र परिदृश्यको संक्षिप्त विश्लेषण यो प्रतिवेदनमा गरिएको  निर्देशक  केशवप्रसाद तिमल्सिनाल  जनाएका हुन् ।

    नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा उपभोक्ता मूल्यमा ४.६१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।  राष्ट्रिय तथ्यांक कार्यालयले गरेको अनुमान अनुसार गत वर्ष यस्तो वृद्धि ३.६७ प्रतिशतले बढेको थियो । 

    आव २०८१/८२को कुल गार्हस्थ्य उत्पादनमा कृषि उद्योग र सेवाको क्षेत्रको योगदानको हिस्सा क्रमशः २५.६ प्रतिशत,१२.४ प्रतिशत र ६२.० प्रतिशत रहेको जनाइएको छ । 
    आव २०८१/८२ मा गण्डकी आर्थिक वृद्धि दर ५.५१ रहने अनुमान छ । प्रतिशतले हुने  जनाइएको छ । गण्डकी  प्रदेशको  कुल गार्हस्थ्य उत्पादनमा कृषि उद्योग र सेवाको क्षेत्रको योगदानको हिस्सा क्रमशः २७.८ प्रतिशत,१६.५ प्रतिशत र ५५.८ प्रतिशत रहने अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij