Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

एनपीएल ट्रफी टुरओमोडा एन्ड जेइकोले सम्पन्न गर्यो, रोबोट डगको 100000 नाम सार्वजनिक boltsvet

एनपीएल ट्रफी टुरओमोडा एन्ड जेइकोले सम्पन्न गर्यो, रोबोट डगको 100000 नाम सार्वजनिक boltsvet

  • काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) का Driven By Partner ओमोडा एन्ड जेइकोले शुक्रबार आफ्नै शो-रूममा ट्रफी टुर कार्यक्रम सम्पन्न गर्यो। ओनोडा एन्ड जेइकोले विशेष रूपमा एनपीएलका लागि ल्याइएको रोबोट डगको नाम पनि सार्वजनिक गर्यो। क्यामेरा सहितको यो AI-सञ्चालित चारखुट्टे रोबोटले नेपाल प्रिमियर लिगमा नयाँपन र प्रविधिमय दृष्टिकोण थपेको छ।

    काठमाडौं, नेपाल, कार्तिक २८, २०८२-नेपाल प्रिमियर लिग (एनपीएल) Season 2 का Driven By Partner ओमोडा एन्ड जेइकोले लिगको उत्साह मनाउँदै एक शानदार ट्रफी टुर कार्यक्रम सम्पन्न गरेको छ। सो अवसरमा कम्पनीले विशेष रूपमा लिगका लागि ल्याइएको AI-सञ्चालित चारखुट्टे रोबोट डगको अनावरण पनि गरेका थिए ।

    कार्यक्रममा एनपीएल Season 1 का Man of the Tournament रहेका क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई ओमोडा E5 कार प्रदान गरी सम्मान गरिएको थियो, जसले दर्शकहरूलाई आफ्ना मनपर्ने टिम र प्रतियोगितासँग अझ नजिक ल्याएको थियो।

    कार्यक्रममा ओमोडा एन्ड जेइकोको आधिकारिक शो-रुममा नेपाल प्रिमियर लिगको आकर्षक ट्रफी प्रदर्शित गरिएको थियो, जहाँ मिडिया, इन्फ्लुएन्सर, अटो-प्रेमीहरू र क्रिकेट समर्थकहरूको उपस्थिति रहेर क्रिकेटको जोश र ओमोडा एन्ड जेइकोको खेलप्रति समर्पण झल्किएको थियो।

    ट्रफी टुरपछि आयोजित विशेष कार्यक्रममा कम्पनीले रोबोट डगको नाम पनि सार्वजनिक गर्यो । यो क्षणले नेपाली दर्शकहरूसँग भावनात्मक सम्बन्ध र नवप्रवर्तनको शुरुवातलाई संकेत गरेको थियो। नाम सार्वजनिक गर्ने कार्य एसपीजी अटोमोबाइल्स प्रा. लि. का प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, एसपीजी अटोमोबाइल्स प्रा. लि. का निर्देशक गौरव शारडा, ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बासेडर तथा क्रिकेटर दिपेन्द्र सिंह ऐरी र एसपीजी अटोमोबाइल्सका सदस्यहरूले संयुक्त रूपमा गरेका थिए।

    कम्पनीले यसअघि आफ्ना फ्यानहरूलाई डगको नाम सुझाउन आह्वान गरेको थियो । प्राप्त सुझावहरूमध्येबाट डगको नाम "चंखे" चयन गरिएको हो, जसको अर्थ "चतुर" हुन्छ । यसले युवाप्रेरणा, खेलकुदको विकास र प्रविधिमूलक सोचप्रति ओमोडा एन्ड जेइको को प्रतिबद्धता दर्शाउँछ ।

    SPG Automobiles Pvt. Ltd. का बारेमाः

    SPG Automobiles Pvt. Ltd. नेपालमा ओमोडा एन्ड जेइको गाडीहरुको आधिकारिक वितरक हो। कम्पनीले Omoda E5, Jaecoo J5, Jaecoo J6 र ICAUR जस्ता मोडेलहरू नेपाली बजारमा उपलब्ध गराउँछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij