Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

बागलुङ ढोरपाटनका फरार मेयर नेपालीद्वारा सहकारी बचत अपचलन गरेको स्वीकार

बागलुङ ढोरपाटनका फरार मेयर नेपालीद्वारा सहकारी बचत अपचलन गरेको स्वीकार

  • काठमाडौं । फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीका  बचतकर्ताहरूको रकम आफ्नो निजी सम्पत्ति जोडेको अन्ततः स्वीकार गरेका छन्।

    काठमाडौं, पोखरा, बागलुङ बजार, बुर्तिबाङ लगायतका स्थानमा घरजग्गा किन्न खर्च गरेको र सो सम्पत्ति बेचेर बचतकर्ताको रकम तिर्ने प्रतिबद्धता पनि मेयर नेपालीले जनाएका हुन् ।

    यसअघि मंसिर ५ गते फेसबुकमा लाइभ आएर सहकारीमा बचतकर्ताको रकमबाट निजी सम्पत्तिमा लगानी नगरेको जनाएका थिए ।
    पछिल्लो समय गरेको अपिलमा मेयर नेपालीले सहकारीका शेयर सदस्यले बचत गरेको रकम खर्चेर काठमाडौं, पोखरा, बागलुङ बजार र बुर्तिबाङमा गरी ४५ कित्ता जग्गा र १८ वटा घर खरिद गरेको जनाए ।
    उनका अनुसार बुर्तिबाङमा २९ वटा कित्ता जग्गा रहेको र ३ वटा होटल रहेको  छ । बुर्तिबाङमा ८ तला अग्लो होटल दरबार, ४ तलाको मिनी होटल दरबार र ४ तलाकै होटल दरबार रेष्टुरेण्ट रहेका छन्। 

    यसैगरी  बागलुङ बजारमा ४ वटा कित्ता जग्गा र २ वटा भवन रहेको बताएका छन्। बागलुङ बजारमा रहेको कर्म कम्प्लेक्स ६ तला र मिनी कर्म कम्प्लेक्स ५ तलाको भवन रहेको जनाए ।
    विज्ञप्ति अनुसार पोखरामा ६ कित्ता जमिन रहेको र ३ वटा भवन रहेका  छन्।

    पोखराको सिर्जना चोकमा कर्म कम्प्लेक्स ९ तला, शिवालय चोकमा ५ तला र पृथ्वीचोकमा घर , काठमाडौंमा ५ कित्ता जमिन र ६ वटा भवन रहेको उनले बताए ।
     काठमाडौंको सुकेधारामा सानिमा बैंक भएको घरसहित ४ वटा घर, सुकेधारामै बजाज शोरूम भएको घर र सुकेधारामा कर्म कम्प्लेक्स रहेको उनले बताए ।

    घरजग्गा बिक्री गरी सहकारीका पीडित बचतकर्ताको बचत फिर्ता गर्न र बैंकको ऋण भुक्तानी गर्न  चाहेको नेपालीले अपिल गरेका छन् ।
    ढोरपाटन नगरपालिकाका मेयर नेपालीले बागलुङ र पोखरामा गरी दुई ठाउँमा दुइटा इमेज बचत तथा ऋण सहकारी संस्था खोलेका थिए। 
    सहकारीको रकम अपचलन आरोप लागेपछि नेपाली गत जेठदेखि फरार छन्। उनले बागलुङका सञ्चारकर्मीहरूको इमलेमा यस्तो अपिल गरेका छन् ।
    यसका लागि अनुकूल वातावरण बनाइ दिन पनि अदालत, प्रशासन, प्रहरी, सहकारी विभाग, रजानीतिक दल लगायतलाई अपिल गरेका छन्।

    साथै उनले सहकारीको रकम हिनामिना गर्ने मनसाय आफ्नो नभएको भन्दै  देशमा आएको आर्थिक संकटले पीडितको रकम फिर्ता दिन नसकेको पनि  जनाए ।
    प्छिल्लो समय उनको सहकारीका पदाधिकारी र उनलाई सघाउनेहरूलाई पक्राउ पर्दै जाँदा मेयर नेपालीमाथि दबाब बढ्दै गएको थियो ।

    े 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij