Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

अमेरिकामा हुने सोर्सिङ एट म्याजिक २०२४ मा नेपालका तयारी पोशाक व्यवसायीहरुले सहभागिता जनाउने

अमेरिकामा हुने सोर्सिङ एट म्याजिक २०२४ मा नेपालका तयारी पोशाक व्यवसायीहरुले सहभागिता जनाउने

  • काठमाडौं । संयुक्त राज्य अमेरिकाको लास भेगासमा हुने सोर्सिङ एट म्याजिक २०२४ मा नेपालका तयारी पोशाक व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपाल तयारी पोशाक उद्योग संघले यसबारेमा जनाएको हो ।

    अध्यक्ष पाण्डेले हरेक वर्ष नेपालले मेलामा सहभागिता जनाउँदै आएको र यस वर्ष पनि सहभागिता जनाउन शुक्रवार अमेरिकातर्फ प्रस्थान गर्ने बताए ।

    सहभागिता जनाउनका लागि सरकारले २५ लाख रुपैयाँ दिएको  छ ।  सो रकम स्टलका लागि मात्रै खर्च गर्न पाउने प्रावधान  छ ।  मेलामा सहभागी हुन ६ सदस्यीय टोली अमेरिका जाँदैछन् । पशुपतिदेव पाण्डेको नेतृत्वमा रहेको टिममा वसन्तराज अधिकारी, थोमनाथ बस्याल, शिव भट्ट, सुरेशमान श्रेष्ठ र गणेशराज पाण्डे छन् । उनले सहभागिताका लागि स्टल भाडाबापत ३४ हजार ७५० डलर पठाएको बताए ।
     
     हरेक वर्ष यो मेलामा सहभागी हुन व्यवसायीहरू जाने गर्छन् ।  नेपाल सरकारले दिएको पैसा स्टल बापतमा मात्रै खर्च गर्नुपर्ने प्रावधान छ ।  यो मेलाको नाम सोर्सिङ एट म्याजिक हो । लस भेगस शहरको कन्फ्रेन्स हलमा हुन्छ । पियोर क्लोथिङ, हिमलयल कटन एण्ड फेशन, वसन्तराज अधिकारी, थोमनाथ बस्याल, शिवशक्ति गार्मेण्टबाट शिव भट्ट, झाम्पा नेटिङबाट सुरेशमान श्रेष्ठ, सेतीदेवी एक्सपोर्टबाट गणेशराज पाण्डे  जाँदौछन् । ।  ९३ लाख खर्च हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    उनीहरुले नेपाल तयारी पोशाक उद्योग संघसंग आवद्ध सदस्य उद्योगीहरुले सञ्चालन गर्न नसकेका रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्न चाहेमा त्यस्ता उद्योगलाई नेपाल सरकारले रुग्ण उद्योग सरहको मान्यता दिई तदनुरुप सेवा, सुविधा प्रदान गरिनुपर्ने माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij