Logo

Jul 12 2025 | २०८२, असार २८गते

Jul 12 2025 | २०८२, असार २८गते

images

नक्कली कागजात खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा ल्याउनेहरुसमेत २४९ जनाविरुद्ध  मुद्दा दायर

नक्कली कागजात खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा ल्याउनेहरुसमेत २४९ जनाविरुद्ध  मुद्दा दायर

  • काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नक्कली कागजात खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा ल्याएका र त्यसको निर्णय प्रक्रियामा संलग्न भएका २४९ जनाविरुद्ध  बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। कैलालीको टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाई जग्गा व्यक्तिका नाममा ल्याइएको अख्तियारले जनाएको हो ।

    समितिका अध्यक्ष पदाधिकारी एवम् कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिका प्लट घडेरी आफन्त लगायतको नाममा कम रकम बुझाई हक हस्तान्तरण गरेको  उजुरी परेपछि आयोगले अनुसन्धान सुरु गरेको थियो । नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ र संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा भ्रष्टाचार भएको अख्तियारले गरेको छ।

     
    नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनु पर्नेमा सो नगरी नगर विकास समितिका पदाधिकारी तथा कर्मचारीहरु समेतको संलग्नतामा तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरूसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साविकको टीकापुर विकास समितिको नामका नक्कली कागजातहरु खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको अख्तियारले अभियोग लगाएको छ ।

    भ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले नगर विकास समितिका पदाधिकारी, कर्मचारीहरू तथा प्रथम तहमा समितिको जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा सो जग्गा तहगत सुक्रिबिक्री हुँदै हाल कायम जग्गाधनीहरूसमेतलाई  प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij